Kathmandu Press

सरकारका प्रवक्ता खतिवडाले भने– सपथ ग्रहणमा तपाईंहरुसँग फेरि भेट हुन्छ

काठमाडौं, फागुन १५ : अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राष्ट्रियसभा सदस्यको सपथ ग्रहणका दिन फेरि भेट हुने बताएक....

सरकारका प्रवक्ता खतिवडाले भने– सपथ ग्रहणमा तपाईंहरुसँग फेरि भेट हुन्छ
फाइल

काठमाडौं, फागुन १५ : अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राष्ट्रियसभा सदस्यको सपथ ग्रहणका दिन फेरि भेट हुने बताएका छन्।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री खतिवडाले राष्ट्रियसभा सदस्यको सपथ ग्रहणका दिन फागुन २१ गते भेट हुने बताएका हुन्।

तपाईँको राष्ट्रियसभा सदस्यको कार्यकाल फागुन २० बाट सकिँदैछ र तपाईँको विषयमा बाहिर चर्चा चलेको विषयमा के भन्नुहुन्छ भन्ने प्रश्नमा  खतिवडाले भने,‘मेरा विषयमा कुरा उठेछ, हेर्दै जानुस् न! अलिक बेला भइसकेको छैन। फागुन २१ गते सपथ ग्रहणका दिन तपार्इँहरु (पत्रकारहरु) सँग फेरि भेट हुन्छ। भेट नभए पनि कुरानकानी भईं नै रहन्छ त्यसैबला छलफल गरौंला।’ 

यसअघि बुधबार बसेको नेकपाको सचिवालय बैठकले खतिवडाको ठाउँमा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो।

तर, उक्त निर्णयप्रति आफ्नो सहमति नरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको विषेशाधिकार भएकाले खतिवडालाई नै दोहोर्‍याउने बताएका छन्। प्रधानमन्त्री एवं अध्यक्ष ओली गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन तयार नभएपछि नेकपाभित्र यही विषयलाई लिएर विवाद भइरहेको छ।
 

प्रकाशित मिति: १६:११ बजे, बिहीबार, फागुन १५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्