Kathmandu Press

कांग्रेस सांसदको व्यङ्ग्य- सञ्जय होइन बामदेव निर्वाचित भएको प्रस्ताव ल्याए संविधान संशोधन गर्नु पर्दैन 

काठमाडौं, फागुन १५ : नेपाली कांग्रेसका सांसद अतहर कमल मुसलमानले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने र प्रधानमन्त्री बनाउन संविधान संश....

कांग्रेस सांसदको व्यङ्ग्य- सञ्जय होइन बामदेव निर्वाचित भएको प्रस्ताव ल्याए संविधान संशोधन गर्नु पर्दैन 

काठमाडौं, फागुन १५ : नेपाली कांग्रेसका सांसद अतहर कमल मुसलमानले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने र प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्ने प्रयासप्रति व्यंग्य गरेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद  मुसलमानले नेकपाप्रति व्यंग्य गरेका हुन्। सरकारले संवैधानिक आयोगलाई छायाँमा राखेको बताउँदै सांसद मुसलमानले निर्वाचन आयोगमार्फत बर्दिया क्षेत्र नम्बर १ मा सञ्जय गौतम नभएर बामदेव गौतम निर्वाचित भएको प्रस्ताव ल्याए नेकपाभित्रको आन्तरिक कलह समाप्त हुने बताए।

‘एक जना व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न कार्यदल बनाइन्छ र विघटन हुन्छ। यो विषयमा नेकपाका लागि सहज र सरल उपाय छ,’ उनले भने, ‘यो दुई तिहाइको सरकार हो। सबै संवैधानिक आयोगलाई छायाँमा राखिरहेका बेला प्रतिपक्षको एकजना सांसद घटाएर आफ्नो एक थप्न निर्वाचन आयोगमार्फत बर्दिया–१ बाट विजयी गौतम नै हुन्। तर कांग्रेसका सञ्जय गौतम होइनन्, नेकपाका बामदेव गौतम हुन् भन्ने एउटा निर्णय गराएर प्रस्ताव ल्याउने हो भने संविधान संशोधन पनि गर्नुपर्दैन। प्रतिपक्षको एउटा सांसद पनि घट्छ। नेकपाको आन्तरिक संकट पनि समाधान हुन सक्छ।’

उनले मधेस केन्द्रीत दलले संविधान संशोधनको विषय उठाउँदा प्रधानमन्त्री केपी शर्मा ओलीले रोस्टमबाटै संविधान संशोधनको विषय दोबाटोमा राखिएको मादल नभएको बताएको तर अहिले एक व्यक्तिका लागि संशोधनको प्रयास गरिएकोमा आलोचना गरे।
 

प्रकाशित मिति: १५:२३ बजे, बिहीबार, फागुन १५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्