मालेका महासचिव सीपी मैनाली चढेको कार दुर्घटना
महोत्तरी, फागुन १५ : नेकपा (माले)का महासचिव एवं पूर्वउपप्रधानमन्त्री सीपी मैनाली चढेको कार दुर्घटनामा परेको छ। उनी गम्भीर घाइते भएका छन्।
बि....

महोत्तरी, फागुन १५ : नेकपा (माले)का महासचिव एवं पूर्वउपप्रधानमन्त्री सीपी मैनाली चढेको कार दुर्घटनामा परेको छ। उनी गम्भीर घाइते भएका छन्।
बिहीबार झापाबाट काठमाडौं आउने क्रममा मैनाली चढेको बा ४ च २१२० नम्बरको कार विपरीत दिशाबाट आएको ना ४ ख ७६६८ पिकअप भ्यानसँग ठोक्किएको हो। महोत्तरीको बर्दिवास नगरपालिका–३ मा भएको दुर्घटनामा मैनालीसँगै पाँच जना घाइते भएका छन्।
उनको टाउको, छाती र खुट्टामा चोट लागेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए। उनको स्थानीय जनसेवा अस्पतालमा उपचार भइरहेको छ।
उनलाई अस्पतालले काठमाडौं रिफर गरेको छ। थप उपचारका लागि काठमाडौं लग्न हेलिकप्टर बोलाइएको प्रजिअ खत्रीले बताए।











