Kathmandu Press

नेपाल ट्रस्टबारे रक्षामन्त्रीले जारी गरेकाे स्वेतपत्र होइन, अस्वेतपत्र : जनार्दन शर्मा

अकाठमाडौं, फागुन १५ : नेकपाका सांसद जनार्दन शर्माले नेपाल ट्रस्टको जग्गा यती होल्डिङ्सलाई लिजमा दिइएको विषयमा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका छन....

नेपाल ट्रस्टबारे रक्षामन्त्रीले जारी गरेकाे स्वेतपत्र होइन, अस्वेतपत्र : जनार्दन शर्मा

अकाठमाडौं, फागुन १५ : नेकपाका सांसद जनार्दन शर्माले नेपाल ट्रस्टको जग्गा यती होल्डिङ्सलाई लिजमा दिइएको विषयमा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकको विषेश समयमा बोल्दै सरकारका तर्फबाट हालै उप्रधानमन्त्री ईश्वर पोखरेलले जारी गरेको स्वेतपत्रमा तथ्य बंग्याइएको भन्दै उनले आपत्ति जनाएका हुन्। उनले सरकारले जारी गरेको स्वेतपत्र स्वेतपत्र नभएर अस्वेतपत्र भएको आरोप लगाए।

‘सरकारले दुई दिन अघि श्वेतपत्र ल्यायो। त्यो भनेको मलाई थाहा छैन। तथ्यजस्ता जस्तै ल्याउनका लागि स्वेतपत्र जारी गरिन्छ हुन्छ,’ शर्माले भने, ‘तर, यो अस्वेत पत्र जस्तो छ।’ उनले आफ्नो नाम जोडिएको मिडियामा थाहा पाएपछि ट्रस्टको कार्यालयमा गएर फायल हेर्न निवेदन दिएको भएपनि फाइल हेर्न नदिइएको बताए।

‘ट्रस्टको कार्यालयमा गएर निवेदन दिएँ। ताल्चा लगाएर खोल्न मिल्दैन भनियो। मेरो नाम कसरी आयो? भनेर सोधेँ,’ शर्माले भने, ‘तपाईको नाम थिएन भनेर। तर, कसरी आयो थाहा भएन भनेर कर्मचारीले जवाफ दिए। मुख्यसचिव लोकदर्शन रेग्मी (जो शर्मा गृहमन्त्री हुँदा गृहसचिव थिए)लाई पनि सोधेँ। उहाँले त्यो झठा विवरण हो भन्नुभयो।’

स्वेतपत्रमा शर्मा गृहमन्त्री हुँदा २०७४ कात्तिक १३ गते भनेर निर्णय भएको भनिएको छ। तर, शर्माले आफु असोज ३० गते नै गृहमन्त्रीको जिम्मेवारीबाट हटिसकेको बताए।

उनले ट्रस्टको जग्गा लिजमा दिनेको नाम नलेखिएको तर, संलग्न नभएकाको नाम लेखिएको भन्दै आपत्ति जनाए। उनले राज्य व्यवस्था समितिमा ल्याइएका केही विधेयक संविधान विपरित हुने र त्यसलाई परिमार्जन गर्नुपर्छ भनेर लाग्दा लिज प्रकरणमा आफ्नो नाम जोडिएको बताए।

उनले सरकारले आफुलाई तर्साउन खोजेको आरोप समेत लगाए। ‘मलाई तर्साउन खोजिएको हो? सत्यका अघि म कहिले पनि आत्म समपर्ण गर्न सक्दिनँ। जनतालाई ढाँट्ने सरकारले कहिले पनि काम गर्न सक्दैन। अहिले विश्वासको संकट हुने अवस्था आयो,’ शर्माले भने, ‘म संलग्न नभएको विषयमा नाम कसरी जोडियो। मलाई जवाफ चाहियो।

प्रकाशित मिति: १३:४४ बजे, बिहीबार, फागुन १५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्