Kathmandu Press

माथिल्लो तामाकोशीबाट असारभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य

काठमाडौं, फागुन १५ : स्वदेशी लगानीमा निर्धाणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट असारभित्रै विद्युत उत्पादन गर्ने लक्ष्य राख....

माथिल्लो तामाकोशीबाट असारभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य

काठमाडौं, फागुन १५ : स्वदेशी लगानीमा निर्धाणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट असारभित्रै विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। त्यसअनुसार, काम गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन्।

निर्माणस्थलको निरीक्षण गर्दै माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष  घिसिङले आयोजनाका पदाधिकारी, परामर्शदाता, तीनवटै ठेकेदारहरुसँग संयुक्त रुपमा निर्माण सम्पन्न हुने कार्यतालिकाबारे छलफल गरेका हुन्। ठेकेदार कम्पनीहरुलले आफ्नो तालिकाअनुसार, काम गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यकारी निर्देशक घिसिङले अगामी असारभित्र कम्तिमा एउटा युनिटबाट (७६ मेगावाट) विद्युत् उत्पादन गर्ने कार्यतालिका बनाइ त्यसअनुसार व्यवस्थापनमा सुधार गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन्। पहिलो युनिबाट विद्युत् सुरु भएपछि बाँकी पाँच युनिटबाट क्रमैसँग विद्युत् उत्पादन हुनेछ।

यसैबीच माथिल्लो तामाकोशीको ठाडो सुरुङमा तीन सय ५५ मिटर पेनस्टक पाइप जडान गरिएको छ । पाइप जडानका लागि सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा दुई सय २० मिटर र माथिल्लो ठाडो सुरुङमा एक सय ३५ मिटर पेनस्टक पाइप जडान गरिएको हो। अब तल्लो र माथिल्लो ठाडो सुरुङमा क्रमश ः १४७ र १७१ मिटर पाइप जडान गर्न बाँकी रहेको छ।

माथिल्लो र तल्लो ठाडो सुरुङमा १० मिटरका दुई वटा पाइप जडान गर्न क्रमश ः ७ र ५ दिनमा आइसकेकोले कुनै प्राविधिक समस्या नआएमा वैशाखभित्रमा पाइप जडान भइसक्ने आयोजनाले बताएको छ। त्यसपछि माथिल्लो र तल्लो ठाडो सुरुङकोबीचमा रहेको तेर्सो भागमा पाइप जडान सुरु हुने र त्यसका लागि करिब साढे एक महिना लाग्ने बताइएको छ।

 

प्रकाशित मिति: १३:३८ बजे, बिहीबार, फागुन १५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्