Kathmandu Press

अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिता हुने 

स्पिन इभेन्ट प्रा.लि. को आयोजनामा हुन लागेको प्रतियोगितामा ४ सय ५० खेलाडीको सहभागिता रहने आयोजक संस्थाले जानकारीे दिएको छ।
अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिता हुने 

काठमाडौं, असाेज २८ : तेस्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिता कात्तिक १ गतेदेखि सुरु हुने भएको छ। स्पिन इभेन्ट प्रा.लि. को आयोजनामा हुन लागेको प्रतियोगितामा ४ सय ५० खेलाडीको सहभागिता रहने आयोजक संस्थाले जानकारीे दिएको छ। 

प्रतियोगितामा विभिन्न १० विधामा प्रतिस्पर्धा हुने आयोजक स्पिन इभेन्ट प्रा.लिका सचिव ज्याकी महर्जनले बताए। पुरुष र महिला सिंगल्स र टिम, यु–१६ ब्वाइजव र गल्र्स सिंगल्स, पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि तथा महिला भेट्रान ४० वर्षमाथि सिंगल्समा प्रतियोगिता हुने छ। प्रतियोगितालाई खेल प्रेमी सुमन खड्गीले मुख्य प्रायोजन गर्ने भएका छन्।

टिम इभेन्टबाहेक सबै स्पर्धामा नगद पुरस्कार राखिएको आयोजक स्पिनका अध्यक्ष सुमन शाक्यले बताए। 
प्रतियोगितामा  पुरुष र महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन्। यी बाहेका अरुमा पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजार र तेस्रोेले २ हजार ५ सय नगद पुरस्कार पाउने छन्।

प्रतियोगिताको प्रायोजकमा ललितपुर महानगरपालिका, ललितपुर जिल्ला खेलकुद विकास समिति र गोदावरी नगरपालिका छन्। आधिकारिक बल पार्टनरमा डीएचएस तथा पोशाक पार्टनरमा गोर्खा एथलेटिक्स छन्। 
अखिल नेपाल टेबलटेनिस संघको संयोजकत्वमा हुन लागेको प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजकले जानकारी गराएको छ। 

चारदिने प्रतियोगिताका सबै खेलहरु सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको कराँतेको हलमा सञ्चालन हुनेछ। उपाधि विजेता अनलाइन भोटिङको आधारमा टुंगो लाग्ने आयोजक युनिटेकका सुरज राईले जानकारी दिए।

प्रकाशित मिति: १३:०८ बजे, आइतबार, असोज २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्