Kathmandu Press

नेपालले बहराइनलाई सात विकेटले हरायो 

टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७ दशमलव ५ ओभरमा अलआउट हुनु पूर्व ७७ रन जोड्दै नेपाल सामु झिनो ७८ रनको लक्ष प्रस्तुत गरेको थियो। उक्त लक्ष्य पछ्याएको नेपालले ११ ओभर ४ बलमै बहराइनले दिएको लक्ष्य पूरा गर्यो। 
नेपालले बहराइनलाई सात विकेटले हरायो 

काठमाडौं, असाेज २८ : एसीसी यू–१९ प्रमियर कप क्रिकेटमा नेपाल विजयी भएको छ।  बहराइनले नेपाललाई दिएको ७८ रनको लक्ष्य ७ विकेट बाँकि छँदै नेपालले पुराम गरेको छ। 

टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७ दशमलव ५ ओभरमा अलआउट हुनु पूर्व ७७ रन जोड्दै नेपाल सामु झिनो ७८ रनको लक्ष प्रस्तुत गरेको थियो। उक्त लक्ष्य पछ्याएको नेपालले ११ ओभर ४ बलमै बहराइनले दिएको लक्ष्य पूरा गर्यो। 

नेपालका लागि अर्जुन कुमाल र देव खनालको ६४ रनको साझेदारी जितका लागि उत्कृष्ट रह्यो। ३१ बलको सामना गरेका कुमालले ३२ रन र २७ बलको सामना गरेका खनाले पनि ३२ रन जोडे। त्यसबाहेक दिपक बोहराले ४ रन जोडे। 
उत्कृष्ट बलिङ गरेको नेपालका लागि बलर दिपेश कँडेलले सर्वाधिक ६ र दुर्गेश गुप्ताले चार विकेट लिए। 

प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन्। १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। यो जित सँगै नेपालको आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू १९ एसिया कप खेल्न बलियो सम्भावना देखिएको छ। 

Photos-(2)-1697351934.jpg

प्रकाशित मिति: १२:२४ बजे, आइतबार, असोज २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्