Kathmandu Press

सलमानको फिल्म अक्षयले प्रमोसन गर्ने

नयाँ दिल्ली, फागुन १५ : सलमान खानको फिल्म ‘राधे’को अक्षय कुमारले प्रमोसन गर्ने भएका छन्। यसका लागि सहमति भएको भारतीय सञ्चारमाध्यमले जनाएका....

सलमानको फिल्म अक्षयले प्रमोसन गर्ने

नयाँ दिल्ली, फागुन १५ : सलमान खानको फिल्म ‘राधे’को अक्षय कुमारले प्रमोसन गर्ने भएका छन्। यसका लागि सहमति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सलमानको फिल्म ‘राधे’ ईदमा रिलिज हुँदै छ। निर्माण टोलीले अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’सँगै ‘राधे’को पनि प्रमोसन गर्ने योजना बनाएका हुन्।

Hardik ivf

सलमानको फिल्म ‘राधे’को टिजर पनि अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’सँगै रिलिज गर्ने तयारी गरिएको छ। यससँगै ‘सूर्यवंशी’ फिल्मको बीचमा ‘राधे’ टिजर देखाइने पनि भएको छ।

फिल्म ‘राधे’मा सलमानसँगै दिशा पाटनीको अभिनय रहेको छ। यसलाई प्रभुदेवाले निर्देशन गरेका छन्।

 

प्रकाशित मिति: १२:५९ बजे, बिहीबार, फागुन १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्