Kathmandu Press

चीनभन्दा अन्य देशमा कोरोना भाइरसको संक्रमण बढ्दो, २८ सयको मृत्यु, ८१ हजार बिरामी

काठमाडौं, फागुन १५ : कोरोना भाइरसको संक्रमण चीनमा कम हुँदै गएपनि चीन बाहिर भने व्यापक रुपमा फैलिन थालेको छ। संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि दिनदि....

चीनभन्दा अन्य देशमा कोरोना भाइरसको संक्रमण बढ्दो, २८ सयको मृत्यु, ८१ हजार बिरामी

काठमाडौं, फागुन १५ : कोरोना भाइरसको संक्रमण चीनमा कम हुँदै गएपनि चीन बाहिर भने व्यापक रुपमा फैलिन थालेको छ। संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि दिनदिनै बढिरहेको छ।

विश्व स्वास्थ्य संघ (डब्लूएचओ)का अनुसार, बिहीबारसम्म कोरोना भाइरसको संक्रमणबाट दुई हजार आठ सय एक जनाको मृत्यु भएको छ। जसमध्ये चीनमा दुई हजार सात सय ४४ र चीनबाहिर ५७ जनाको मृत्यु भएको छ।

इरानमा १९, दक्षिण कोरियामा १३, इटालीमा १२, जापानमा सात, हङकङ र फ्रान्समा दुई–दुई तथा फिलिपिन्स र ताइवानमा एक–एक जनाको मृत्यु भएको छ।

त्यस्तै, संक्रमतिको संख्या ८१ हजार सात २२ पुगेको छ। जसमा चीनमा ७८ हजार चार सय ९७ जना बिरामी भेटिएका छन्। त्यस्तै, चीन बाहिर तीन हजार दुई सय २५ जना पुगेका छन्।

डब्लूएचओका अनुसार, अहिले चीनमा भन्दा चीन बाहिर संक्रमणको दर बढेको छ। चीनमा बुधबार चार सय १२ जना नयाँ संक्रमित भेटिएका छन्। जबकी दक्षिण कोरियामा मात्रै तीन सय ३४ जना नयाँ संक्रमित भेटिएको जनाएको छ। दक्षिण कोरियामा बिहीबार बिहानसम्म एक हजार पाँच सय ९५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

त्यस्तै, इटालीमा चार सय जनामा संक्रमण देखिएको छ। इरामा एक सय ३९ जनामा संक्रमण देखिएको छ। कुवेत, बहराइन, लेवनानमा पनि संक्रमण देखिएको जनाएको छ।

बिहीबार बिहान मात्रै जापानमा नयाँ संक्रमित भेटिएका छन्। कोरोना भाइरसबाट थप २२ जना बिरामी भएको जनाएको छ। अहिलेसम्म जापानमा संक्रमितको संख्या एक सय ८६ पुगेको छ।

त्यस्तै, जापानले क्वारेन्टाइनमा राखेको पानी जहाजमा समेत संक्रमित छन्। पानी जहाजमा रहेका यात्रुमध्ये ६ सय ९३ जनामा संक्रमण देखिएको छ।

प्रकाशित मिति: १०:२७ बजे, बिहीबार, फागुन १५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्