Kathmandu Press

दिल्ली हिँसामा २७ जनाको मृत्यु, २०० बढी घाइते

काठमाडौँ, फागुन १५ : नागरिकता संसोधन कानुन (सीएए) को बिरोध र समर्थनमा भारतको राजधानी नयाँ दिल्लीमा भड्किएको हिँसामा परी बिहीबार बिहानसम्म २७ जनाको ज्य....

दिल्ली हिँसामा २७ जनाको मृत्यु, २०० बढी घाइते

काठमाडौँ, फागुन १५ : नागरिकता संसोधन कानुन (सीएए) को बिरोध र समर्थनमा भारतको राजधानी नयाँ दिल्लीमा भड्किएको हिँसामा परी बिहीबार बिहानसम्म २७ जनाको ज्यान गएको छ।

दिल्लीमा केही दिनदेखि जारी हिँसात्मक आन्दोलन हिजो बुधबार भने अप्रिय घटना नघटेको र आन्दोलन प्रहरीको नियन्त्रणमा रहेको दिल्ली प्रहरीले जनाएको छ । राजधानी दिल्लीमा दशकौं पछि देखिएको घातक हिंसाको घटनामा हालसम्म २७ जनाको मृत्यु भएको र २ सय भन्दा बढी मानिस घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उक्त झडपमा संलग्न रहेको आरोपमा १०६ जना पक्राउ परेका छन् । सरकारले ल्याएको नारिकतासँग सम्बन्धित नयाँ विवादास्पद कानुनको समर्थन र विरोध गर्नेहरूबीच गत आइतबार पहिलोपल्ट भिडन्त भएको थियो।

तर त्यसयता हिंसाले साम्प्रदायिक स्वरूप लिएको जस्तो देखिएको छ, मानिसहरूलाई तिनीहरूको धार्मिक आस्थाका आधारमा निशाना बनाइएको भन्ने विवरणहरू आएका छन्।

प्रकाशित मिति: ०७:३४ बजे, बिहीबार, फागुन १५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्