Kathmandu Press

अञ्जनको कीर्तिमानी गोलमा नेपाल हारबाट जोगियो

स्टार स्ट्रइकर अञ्जन विष्टले कीर्तिमानी गोल गरेपछि नेपाल लाओससँग घरेलु मैदानमा हारबाट जोगिएको छ।
अञ्जनको कीर्तिमानी गोलमा नेपाल हारबाट जोगियो

काठमाडाैं, असाेज २५ : स्टार स्ट्रइकर अञ्जन विष्टले कीर्तिमानी गोल गरेपछि नेपाल लाओससँग घरेलु मैदानमा हारबाट जोगिएको छ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको विश्वकप छनोटको प्रारम्भिक चरण खेलमा नेपालले लाओससँग १–१ गोलको बराबरी खेलेको हो।

लाओसविरुद्ध पहिलो हाफमै पछि परेको नेपालका लागि अञ्जनले ४९औं मिनेटमा बराबरी गोल गरेका थिए। यो २५ वर्षीय स्ट्राइकर अञ्जनको राष्ट्रिय टिमको १३औं गोल हो।

यो गोलसँगै अञ्जनले राष्ट्रिय टिममा सर्वाधिक गोल गर्दै हरि खड्का र निराजन रायामाझीको कीर्तिमान बराबरी गरेका छन्। अञ्जन ५८ खेलमा यो उपलब्धि हासिल गरको हुन्।

त्यसअघि लाओसले ३३औं मिनेटमा सुरुआती अग्रता लिएको थियो। उसका कप्टान बाउलपछान बोयनकोङले गोल गरेका थिए। उनले चार नेपाली डिफेन्डरलाई छलउँदै गोल गरेका थिए।

खेलको अन्त्यमा लाओस १० खेलाडीका समेटिएको थियो। रेफ्रीसँग प्रतिवाद गरेपछि लाओसका खेलाडीले रातो कार्ड पाएका थिए।

प्रारम्भिक चरणको अवे खेल १७ अक्टोबरमा लाओसको मैदानमा हुनेछ। अब नेपाललाई अघिल्लो चरण पुग्न कम्तिमा २–२ गोलको बराबरी आवश्यक छ।

प्रकाशित मिति: १९:५७ बजे, बिहीबार, असोज २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्