Kathmandu Press

अञ्जनले बराबरी गरे सर्वाधिक गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमान

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी विश्वकप छनोटअन्तर्गतको लाओसविरुद्धको खेलमा दोस्रो हाफको सुरुआतमै गोल गर्दै अञ्जनले हरि खड्का र निराजन रायामाझीको नाममा रहेको कीर्तिमान बराबरी गरेका हुन्।
अञ्जनले बराबरी गरे सर्वाधिक गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमान

काठमाडौं, असोज २५ : नेपाली राष्ट्रिय टिमका स्ट्राइकर अञ्जन विष्ट नेपालका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी विश्वकप छनोटअन्तर्गतको लाओसविरुद्धको खेलमा दोस्रो हाफको सुरुआतमै गोल गर्दै अञ्जनले हरि खड्का र निराजन रायामाझीको नाममा रहेको कीर्तिमान बराबरी गरेका हुन्।

अञ्जनले लाओसविरुद्ध ४९औं मिनेटमा नेपालका लागि बराबरी गोल गरेका थिए। २५ वर्षीय अञ्जनको यो नेपालका लागि १३औं गोल हो।

पूर्व राष्ट्रिय खेलाडीद्वय हरि खड्का र निराजन रायमाझी राष्ट्रिय टिमका लागि १३ गोल गरेका थिए।

अञ्जनले नेपालका लागि ५८ खेलमा यो उपलब्धि बराबरी गरेका हुन्।

प्रकाशित मिति: १९:३३ बजे, बिहीबार, असोज २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्