लाओसविरुद्ध नेपालले गोल फर्कायो, अञ्जनले गरे गोल
विश्वकप छनोट अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि अञ्जनले ४९औं मिनेटमा बराबरी गोल गरेका हुन्।
काठमाडाैं, असाेज २५ : पहिलो हाफमा १–०ले पछि परेको नेपालले घरेलु मैदानमा आलोसविरुद्ध दोस्रो हाफको सुरुआतमै बराबरी गोल फर्काएको छ।
विश्वकप छनोट अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि अञ्जनले ४९औं मिनेटमा बराबरी गोल गरेका हुन्। उनले एरिक विष्टको कर्नरमा हेडिङमार्फत गोल गरे।
त्यसअघि लाओसले ३३औं मिनेटमा सुरुआती अग्रता लिएको थियो। उसका कप्टान बाउलपछान बोयनकोङले गोल गरेका थिए। उनले चार नेपाली डिफेन्डरलाई छलउँदै गोल गरेका थिए।
नेपाल र लाओसबीचको दोस्रो लेगको खेल १७ अक्टोबरमा लाओसको मैदानमा हुनेछ।
प्रकाशित मिति: १९:२३ बजे, बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











