Kathmandu Press

इटलीमा कोरोनाभाइरस, संक्रमितको संख्या ४ सय पुग्यो

काठमाडौं, फागुन १५ : इटलीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या चार सय पुगेको छ। पछिल्लो २४ घण्टामा इटलीमा सङ्क्रमितको सङ्ख्या २५ प्रतिशतले बढेको बत....

इटलीमा कोरोनाभाइरस, संक्रमितको संख्या ४ सय पुग्यो

काठमाडौं, फागुन १५ : इटलीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या चार सय पुगेको छ। पछिल्लो २४ घण्टामा इटलीमा सङ्क्रमितको सङ्ख्या २५ प्रतिशतले बढेको बताइएको छ । युरोपेली मुलुकमध्ये इटली चीनबाट फैलिन सुरु भएको यो भाइरसको सबैभन्दा बढी प्रभाव परेको राष्ट्र हो।

इटलीमा फेला परेका कोरोनाभाइरसका नयाँ घटनाबारे विभिन्न युरोपेली राष्ट्रहरूले घोषणा गरेका छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार चीनबाहिर पहिलो पटक कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ। गत डिसेम्बरमा देखापरेको भाइरसबाट हालसम्म ३४ राष्ट्रका ८० हजार जनाभन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन्।

त्यसमा सबैभन्दा बढी चिनियाँ नागरिक छन्। कोभिड १९ नाम दिइएको उक्त भाइरसले हालसम्म दुई हजार ७ सयभन्दा बढीको ज्यान लिइसकेको छ। बुधवार अस्ट्रिया, क्रोएशिया, ग्रीस, नर्वे र स्विट्जरल्यान्डले कोरोनाभाइरसको पहिलो सङ्क्रमण भेटिएको बताएका थिए।

इटली गएका मानिसहरूमा त्यो भाइरस देखिएको थियो। पछि स्पेन, जर्मनी र फ्रान्समा पनि थप सङ्क्रमणका घटना सार्वजनिक गरिएका थिए। 

प्रकाशित मिति: ०७:२६ बजे, बिहीबार, फागुन १५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्