Kathmandu Press

च्याम्पियन्स लिगमा म्यान्चेष्टर सिटीले रियललाई हरायो 

काठमाडौं, फागुन १५ : च्याम्पियन्स लिग फुटबलको प्रि क्वाटरफाइनल अन्तरगतको पहिलो लिगको खेलमा म्यान्चेष्टर सिटीले रियल मड्रिडलाई हराएको छ । 

....
च्याम्पियन्स लिगमा म्यान्चेष्टर सिटीले रियललाई हरायो 

काठमाडौं, फागुन १५ : च्याम्पियन्स लिग फुटबलको प्रि क्वाटरफाइनल अन्तरगतको पहिलो लिगको खेलमा म्यान्चेष्टर सिटीले रियल मड्रिडलाई हराएको छ । 

बुधबार राति भएको खेलमा म्यान्चेष्टर सिटीले रियल मड्रिडलाई २–१ गोल अन्तरले हराएको हो । रियलको घरेलु मैदानमा भएको पहिलो लिगको खेलमा जीत निकाल्दै सिटीले च्याम्पियन्स लीगको अन्तिम १६ मा आफुलाई बलियो बनाएको छ ।

खेलमा अग्रता घरेलु टोली रियलले ६० औं मिनेटमा ईस्कोको गोलबाट लिएको थियो । ७८ औं मिनेटमा ग्याब्रियल जिससले खेल बराबरीमा ल्याएका थिए । खेल सकिन ७ मिनेट बाँकी छदाँ केभिन डी ब्रुईनीले पेनाल्टीमा गोल गर्दै सिटीलाई खेलमा अघि बढाए ।

८६ औं मिनेटमा रियलका कप्तान सर्जियो रामोस रातो कार्ड खादै मैदान बाहिरिएपछि घरेलु टोलीले १० खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको थियो । गोलका लागि अघि बढेका जिससलाई लडाएपछि रामोसले रातो कार्ड प्राप्त गरेका थिए ।

च्याम्पियन्स लिगमा सिटीले रियल मड्रिडलाई पहिलो पटक पराजित गरेको हो । दोस्रो लिगको खेल सिटीको घरेलु मैदान ईतिहाद स्टेडियममा मार्च १० मा हुनेछ ।

प्रकाशित मिति: ०७:१८ बजे, बिहीबार, फागुन १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्