Kathmandu Press

एसियाली खेलकुदमा रजत विजेता एरिकालाई सम्मान 

एसियाली खेलकुदमा रजत विजेता एरिकालाई सम्मान 

काठमाडौं, असाेज २५ : चीनको होङझावमा सम्पन्न १९ औँ एसियाली खेलकुद, करातेमा रजत पदक जितेकी एरिका गुरूङललाई उनी पढेको स्कूलले सम्मान गरेको छ। 

एसियाडमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी ऐरिकालाई खेलको प्रशंसा र सफलताको लागि उनी पढेको स्कूल शुभकामना बोर्डिङले आज सम्मान गरेको हो। सम्मानपछि ऐरिकाले आफ्नो स्कूललाई प्रतिनिधित्व गरेको र मेहनतको फल पाएको भन्दै खुशी व्यक्त गरिन। 

सम्मानपछि छोटो प्रतिक्रिया दिदै उनले भनिन्, ‘आफ्नै स्कूलबाट यसरी सम्मानित हुन पाउँदा एकदकै खुशी लागिराको छ। आफूले गरेको कडा मेहनतलाई सम्झिँदाखेरी मैले गरेको त्यो दुःखलाइ विर्सन लागिसके। भविष्यमा अझै धेरै स्कूललाई चिनाउँन पाउँ।’

६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० ले पराजित भएपछि एरिकाले स्वर्ण पदक जित्ने अवसर गुमाइन्। तर, एसियाडको इतिहासमा नेपाललाई करातेबाट पहिलो रजत उनले दिलाइन। 
 

प्रकाशित मिति: १६:४८ बजे, बिहीबार, असोज २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्