Kathmandu Press

इरानविरुद्ध नेपाल २७४ रनले विजयी

इरानका ओपनर आमेर खोर्सन्दले २२ बलमा १ चौका र ५ छक्कासहित ३७ रन बनाए। साबेर इब्राहिमपुरले ४३ बलमा १ चौकासहित ११ रनमा नट आउट रहे।अन्य कुनैपनि इरानी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 
इरानविरुद्ध नेपाल २७४ रनले विजयी

काठमाडौं, असाेज २५ : एसिसी यू १९ प्रिमियर कपमा कप्तान देव खनालको शतक र उत्कृष्ट बलिङको सहयोगमा नेपालले इरानमाथि २ सय ७४ रनको सानदार जित हात पारेको छ। जितका लागि ३ सय ५४ रनको विशाल विजयी लक्ष्य पछ्याएको इरान ३० दशमलव ५ ओभरमा ७९ रनमा अल आउट भयो।

इरानका ओपनर आमेर खोर्सन्दले २२ बलमा १ चौका र ५ छक्कासहित ३७ रन बनाए। साबेर इब्राहिमपुरले ४३ बलमा १ चौकासहित ११ रनमा नट आउट रहे। अन्य कुनैपनि इरानी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका दीपेश कँडेलले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर ३ विकेट लिए। सुवास भण्डारीले ८.५ ओभरमा ४ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिए। हेमन्त धामी र आकाश चन्दले दुई दुई विकेट लिए।

त्यसअघि मलेसियाको वाइएसडी युकेएम ओभल बाँगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४० दशमलव १ ओभरमा सबै विकेट गुमाएर ३ सय ५३ रनमा अल आउट भएको थियो। नेपालको जितमा कप्तान देव खनालले ६० बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए।

इरानका दद्रहमान राइसीले ९ ओभरमा ६७ रन खर्चेर ३ विकेट लिए। सलमान निज्मान्दले ८ ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए। समान शेखी र जियाद राइसीले समान दुई विकेट लिएका थिए। प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन्।

प्रकाशित मिति: १३:२४ बजे, बिहीबार, असोज २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्