इजरायलबाट स्वदेश फर्किइन् सावित्रा
व्यावसायिक फुटबल खेल्न इजरायल पुगेकी साम्बा हमासले इजरायजलमाथि आक्रमण गरेपछि बुधबार राति इजरायलबाट नेपाल फर्किएकी हुन्।
काठमाडौं, असोज २५ : व्यवसायिक फुटबल खेलन इजरायल पुगेकी नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी स्वदेश फर्किएकी छन्।
व्यावसायिक फुटबल खेल्न इजरायल पुगेकी साम्बा हमासले इजरायजलमाथि आक्रमण गरेपछि बुधबार राति इजरायलबाट नेपाल फर्किएकी हुन्।
अहिले हमासको आक्रमणका कारण इजरायलमा घरेलु तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएको छ। त्यसैले सावित्रा घर फर्किएकी हुन्।
चीनको हाङझाउमा भएको एसियाली खेलकुद (एसियाड)मा भाग लिएर स्वदेश फर्केलगत्तै साम्बा इजरायल गएकी थिइन्। त्यसपछि उनले एक खेल खेलेकी थिइन्।
प्रकाशित मिति: ११:१६ बजे, बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार