एसियाडमा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीको, सहयोग रकम चाँडै निकासा गर्ने प्रतिबद्धता
‘कबड्डी र कराँतेमा प्राप्त मेडलको लागि बधाई एवं आउने दिनमा अझै ठुलो सफलताको शुभकामना!’ उनले भने ‘मैले जाँदा महिला सहभागिताको लागि बधाई दिएको थिए । अहिले महिलाले नै मेडल र रेकर्ड बनाउनु भयो तपाईंहरुलाई बधाई दिन चाहन्छु।’काठमाडौं, असोज २४ : प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले, एसियाडमा पदक जित्ने खेलाडिलाई बधाई ज्ञापन गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा उनले एसियाडमा पदक जितेका खेलाडिलाई माला लगाएर बधाई ज्ञापन गर्नुका साथै थप सफलताका लागि शुभकामना दिए।
‘कबड्डी र कराँतेमा प्राप्त मेडलको लागि बधाई एवं आउने दिनमा अझै ठुलो सफलताको शुभकामना!’ उनले भने ‘मैले जाँदा महिला सहभागिताको लागि बधाई दिएको थिए । अहिले महिलाले नै मेडल र रेकर्ड बनाउनु भयो तपाईंहरुलाई बधाई दिन चाहन्छु।’
त्यस्तै उनले खेलाडिको प्रोत्साहको लागि दिने भनिएको रकम अबको एक हप्तामा निकासा हुने पनि जानकारी गराए ।
‘खेलाडीको प्रोत्साहनको लागि मैले रकम दिने घोषणा गरेको थिए। नियमावली पास गरेका थियौं आजको क्याबिनेटमा दिने निकासाका लागि निर्णय भयो र एक हप्तामा त्यो अर्थबाट आउनेछ,’ उनले भने ‘अरु देशको तयारी तपाईंले देख्नु भयो। हाम्रो उपस्थिति र प्रस्तुति राम्रो थियो। केहि अन्तर्राष्ट्रिय रेकर्ड तयार गर्नु भो।’
त्यस्तै आफूले संयुक्त राष्ट्र संघबाट र खेलाडिहरुले चीनबाट विश्वमा नेपालको नाम स्थापित भएको तर्क गरे। उनले भने, ‘म संयुक्त राष्ट्रसंघ पुगेर आए। यसपाली नेपाललाई विश्वले देखेको छ, सुनेको छ। तपाईंहरुको विश्व रेकर्ड बनाएर नेपालको नाम स्थापित गर्नु भएको छ। सरकारको प्रमुखको हैसियतले आगामी बजेटमा खेल क्षेत्रमा विशेष बजेटको व्यवस्था गर्ने कार्यक्रम राख्नेछु।’
सम्मानित खेलाडिहरुले सरकार तथा प्रधानमन्त्रीले पु¥याएको हौसलाका लागि धन्यवाद दिएका थिए।