विश्वकप क्रिकेट : भारत र अफगानिस्तान खेल्दै
भारत र अफगानिस्तानले अहिलेसम्म तीन पटक वान डे क्रिकेटमा मैदान उत्रिएका छन्। जसमा भारतले दुई खेलमा जित दर्ता गरेको छ भने अर्को एक खेल बराबरीमा सकिएको छ।
काठमाडौं, असाेज २२ : आईसीसी एकदिवसीय विश्वकपमा क्रिकेटमा आज भारत र अफगानिस्तानबीच खेल हुँदैछ। दिल्लीमा हुने खेल दिउँसो सवाँ २ बजे सुरु हुनेछ।
अफगानिस्तानले पहिलो पटक भारतीय भुमिमा एकदिवसीय म्याच खेल्न लागेको हो। भारत र अफगानिस्तानले अहिलेसम्म तीन पटक वान डे क्रिकेटमा मैदान उत्रिएका छन्। जसमा भारतले दुई खेलमा जित दर्ता गरेको छ भने अर्को एक खेल बराबरीमा सकिएको छ।
जारी विश्वकप प्रतियोगितामा रोहित शर्मा नेतृत्वले भारतले अष्ट्रेलियामाथि ६ विकेटको शानदार जितसहित सुखद सुरुआत गरेको छ। अफगानिस्तानले पनि बंगलादेशसँग ६ विकेटकै पराजय ब्यहोरेको थियो।
प्रकाशित मिति: १३:३८ बजे, बुधबार, असोज २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











