काभा च्यालेन्ज कप : नेपालले आज अफगानिस्तानसँग खेल्दै

काठमाडौं, असाेज २४ : काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानसँग प्रतिश्पर्धा गर्दैछ।
कोलम्बोमा जारी प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा नेपाल अफगानिस्तानसंग प्रतिश्पर्धा गर्न लागेको हो।
बंगलादेशलाई हराएर प्रतियोगितामा शानदार सूरुआत गरेको नेपाल दोस्रो खेलमा मंगलबार नेपाल घरेलु टोली श्रीलंकासँग सोझो सेटमा पराजित भएको थियो।
मंगलबारनै भएको खेलमा अफगानिस्तानले बंगलादेशलाई हराएको थियो।
एसियन गेम्समा सहभागी भएर नेपाल फर्किएको टोली काभा च्यालेन्ज कप खेल्ने श्रीलंका गएको हो।
प्रकाशित मिति: १३:३५ बजे, बुधबार, असोज २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











