Kathmandu Press

वेष्ट इन्डिजका दुई खेलाडीलाई बलिङ गर्न प्रतिबन्ध

काठमाडौं, फागुन १४ : वेष्ट इन्डिजको दुई खेलाडी बलिङ प्रतिबन्धमा परेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले जोन केम्पबेलर पेट साल्मनलाई ....

वेष्ट इन्डिजका दुई खेलाडीलाई बलिङ गर्न प्रतिबन्ध

काठमाडौं, फागुन १४ : वेष्ट इन्डिजको दुई खेलाडी बलिङ प्रतिबन्धमा परेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले जोन केम्पबेलर पेट साल्मनलाई एक्सन ‘इलिगल’ भएको भन्दै बलिङमा प्रतिबन्ध लगाएको हो। 

बलिङ एक्सन प्ररिक्षणमा पास नभएसम्म केम्पबेलर साल्मनले बलिङ गर्न पाउने छैनन्। अब उनीहरुलाई निगरानीमा राखिने छ र आफ्नो बलिङ एक्सन परिवर्तनका लागि निवेदन दिन सक्ने छन्।

गत महिना भएको वेस्ट इन्डिज च्याम्पियनसिपअन्तर्गत ट्रिनडाड एन्ड टोबागोविरुद्धको खेलका क्रममा क्याम्पबेलको बलिङ एक्सनमाथि छानविन भएको थियो। सो खेलमा क्याम्पबेलले १९ ओभरमा ५४ रन खर्चेर १ विकेट लिएका थिए। 

फेब्रुअरी पहिलो सता भएको वर्ष गुएनाविरुद्धको खेलमा सेल्मनको बलिङ एक्सन छानविनमा परेको थियो। सेल्मनको त्यो फस्ट क्लास क्रिकेटमा डेब्यू खेल थियो। सो खेलमा ११० रन खर्चेर ८ विकेट लिएका सेल्मन डेब्यू खेलमै प्लेयर अफ दी म्याच भएका थिए। 

२६ वर्षीय केम्पबे वेस्ट इन्डिजका ओपनर पनि हुन्। उनले वेस्ट इन्डिजबाट ६ टेस्ट, ६ एकदिवसीय र २ टि–२ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले गतवर्ष जनवरीमा इंग्ल्यान्डविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। यता, २७ वर्षीय सेल्मनले भने ८ लिस्ट ए र २ फस्ट क्लास क्रिकेट मात्र खेलेका छन्।

प्रकाशित मिति: १६:४१ बजे, बुधबार, फागुन १४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्