Kathmandu Press

महिन्द्राले पारस खड्कालाई दियो ५० लाखको कार

काठमाडौं, फागुन १४ : महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नी ग्रुपले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले कार दिएको छ। 

....
महिन्द्राले पारस खड्कालाई दियो ५० लाखको कार

काठमाडौं, फागुन १४ : महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नी ग्रुपले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले कार दिएको छ। 

बुधबार एक कार्यक्रमबीच अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले पारसलाई महिन्द्रा एक्सयूभी ३०० कार हस्तान्तरण गरेका हुन्।

अग्नी ग्रुपले पारसलाई ब्रान्ड एम्बासडर नियुक्त गर्दै महिन्द्रा एक्सयूभी ३०० कार दिएको हो। महिन्द्रा एक्सयूभी ३०० को डब्लू–८ को बजार मूल्य ५० लाख ७५ हजार रुपैयाँ छ।
अग्नी ग्रुपको ब्रान्ड एम्बासडर बने पनि पारसले महिन्द्रासँग पुनः जोडिन पाउँदा खुशी लागेको बताए।

‘२०६३ सालमा पनि अग्नी ग्रुपसँग सहकार्य गरिरहेको छु, हाम्रो सम्बन्ध पूर्ण व्यवसायिक र सौहार्दपूर्ण छ,’ पारसले भने, ‘पेशागत कारणले पनि एक्सयूभी मेरो रोजाइमा छ।’   

प्रकाशित मिति: १५:५८ बजे, बुधबार, फागुन १४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्