सरकारलाई सांसदहरूको प्रश्न- बाँस्कोटाको अडियो प्रकरणको छानविन कहिले हुन्छ?
काठमाडौं, फागुन १४ : प्रतिनिधिसभा सदस्यहरुले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे छानविन गर्न माग गरेका छन्।&n....

काठमाडौं, फागुन १४ : प्रतिनिधिसभा सदस्यहरुले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे छानविन गर्न माग गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले बाँस्कोटाको अडियो प्रकरणबारे छानविन गर्न सरकारसँग माग गरेका हुन्।
शून्य समयमा बोल्दै सांसद रेखा कुमारीले निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाले घुस मागेको अडियो प्रकरण बाहिर आएपछि पनि छानविन सुरु नगरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्।
‘७० करोड घुस मागेको अडियो बाहिर आएको छ। बाँस्कोटाले मन्त्रीबाट हटिसक्दा पनि किन छानविन सुरु नभएको हो ? सरकारले सदनलाई जानकारी दिनु पर्यो?’ उनले भनिन्।
बैठकमा सांसद भवानीप्रसाद खापुङले भ्रष्टाचारमा संलग्न हुनेलाई कडा कारवाही गर्न माग गरे। यस्तै, बैठकमा सांसद मीना सुब्बाले ७० करोड भ्रष्टाचारको चलखेल हुँदा सरकार किन मौन बसेको हो भन्ने प्रश्न गरिन्।
यस्तै, बैठकमा सांसद मीना पाण्डेले प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन ढिलाइ भएकोमा सरकारको ध्यानाकर्षण गराइन्।
सांसद यज्ञबहादुर बोगटी, यज्ञराज सुनुवार, रङ्गमति शाही, रामबहादुर बुढा क्षेत्री, राजेन्द्रकुमार केसी, रेणुका गुरुङ, लक्ष्मणलाल कर्ण र लक्ष्मी परियारले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।











