इन्डोनेसियामा भूकम्पको ठूलो धक्का
जकार्ता, फागुन १४ : इन्डोनेसियाको दुर्गम पूर्वी क्षेत्रमा बुधबार ५ दशमलव ९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्भेले ठूलै भूकम....

जकार्ता, फागुन १४ : इन्डोनेसियाको दुर्गम पूर्वी क्षेत्रमा बुधबार ५ दशमलव ९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्भेले ठूलै भूकम्प गएपनि सुनामी आउने सम्भावना नरहेको जनाएको छ।
उक्त भूकम्पको केन्द्र समुद्रको सतहबाट करिब ६१ किलोमिटर गहिराईमा थियो । पृथ्वीमै भूकम्पीय जोखिमका दृष्टिले इन्डोनेसिया सबैभन्दा सङ्कटमा रहेको मानिन्छ। सन् २०१८ मा गएको ७ दशमलव ५ म्याग्नीच्यूडको भूकम्पले सुलावेशीको पालुमा मात्र चार हजार तीन सय भन्दा बढी मानिसको मृत्यु भएको थियो।
प्रकाशित मिति: १५:३० बजे, बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












