Kathmandu Press

वामदेव गौतम आएसँगै अर्थमन्त्री डा.खतिवडा ‘आउट’!

काठमाडौं, फागुन १४ : नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेसँगै अर्थमन्त्री डा.युवराज खतिवडाको पद अनिश्चित बनेको छ।....

वामदेव गौतम आएसँगै अर्थमन्त्री डा.खतिवडा ‘आउट’!
फाइल फाेटाे

काठमाडौं, फागुन १४ : नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेसँगै अर्थमन्त्री डा.युवराज खतिवडाको पद अनिश्चित बनेको छ। उनी अर्थमन्त्री रहन्छन् कि रहँदैनन् भन्ने अर्को साता निश्चित हुनेछ।

राष्ट्रिय सभाका ५९ सदस्यमध्ये तीन जनालाई सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ। राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनित भएका डा.खतिवडाको समयावधि फागुन २० गते सकिँदै छ।

उनको ठाउँमा उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपा सचिवालयले निर्णय गरेको छ। अब डा.खतिवडा फेरि राष्ट्रिय सभा सदस्य हुने बाटो बन्द भएको छ।

उनी राष्ट्रिय सभा सदस्य नरहेपनि अर्थमन्त्री रहिरहने सम्भावना भने अझै छ। संवैधानिक व्यवस्थाअनुसार, उनी अझै ६ महिना अर्थमन्त्री हुनसक्नेछन्।

संविधानमा प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य नभएको व्यक्तिलाई पनि प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ। तर, त्यसरी नियुक्त भएका व्यक्तिले ६ महिनाभित्र प्रतिनिधिसभा वा राष्ट्रिय सभा सदस्यता प्राप्त गर्नुपर्नेछ।

त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनासम्म उनलाई नै अर्थमन्त्री बनाइराख्न सक्नेछन्। अब उनलाई अर्थमन्त्री राख्ने वा नराख्ने प्रधानमन्त्रीमै निर्भर रहेको छ।

 

प्रकाशित मिति: १४:४० बजे, बुधबार, फागुन १४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्