Kathmandu Press

अजयको फिल्म ‘तान्हाजी’ले बनायो नयाँ रेकर्ड

काठमाडौं, फागुन १४ : एक महिना अघि रिलिज भएको अजय देवगनको फिल्म ‘तान्हाजी ः द अनसंग वारियर’ले नयाँ–नयाँ रेकर्ड बनाएको छ।

यस....

अजयको फिल्म ‘तान्हाजी’ले बनायो नयाँ रेकर्ड

काठमाडौं, फागुन १४ : एक महिना अघि रिलिज भएको अजय देवगनको फिल्म ‘तान्हाजी ः द अनसंग वारियर’ले नयाँ–नयाँ रेकर्ड बनाएको छ।

यस फिल्मले भारतमा दुई सय ७५ करोड भारतीय रुपैयाँ कमाएको छ। बक्स अफिस इन्डियाका अनुसार महाराष्ट्रमा ‘बाहुबली–२’लाई पनि यसले पछाडि पारेको छ। यो फिल्मले महाराष्ट्रमा मात्रै एक सय ४१ करोड भारतीय रुपैयाँ कमाएको छ।

त्यस्तै, यो फिल्मले आमिर खानको ‘दंगल’लाई पनि उछिनेको छ। यसले दंगलभन्दा ३७ करोड भारतीय रुपैयाँ बढी कमाएको छ। ‘बाहुबली–२’ले भने महाराष्ट्रमा एक सय ८५ करोड भारतीय रुपैयाँ कमाएको थियो।

यसमा अजय देवगनसँगै काजोल र सैफ अली खानको अभियन रहेको छ।

प्रकाशित मिति: १३:५१ बजे, बुधबार, फागुन १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्