विश्वकप आयोजनामा साउदीलाई नेपालको समर्थन
एन्फाले सन् २०३४ को विश्वकप नेपालको पोजिसन स्पष्ट रहेको भन्दै साउदी अरबलाई समर्थन गर्ने जनाएको छ।
काठमाडौं, असोज २९ : सन् २०३४को विश्वकप आयोजना गर्ने साउदी अरबको प्रस्तावलाई नेपालले समर्थन गर्ने भएको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले सन् २०३४ को विश्वकप आयोजनाको साउदी अरबको प्रस्तावमा नेपालले समर्थन गर्ने जनाएको छ।
विज्ञप्तिमा एन्फाले सन् २०३४ को विश्वकप नेपालको पोजिसन स्पष्ट रहेको भन्दै साउदी अरबलाई समर्थन गर्ने जनाएको छ।
लाखौं नेपाली कार्यरत रहेको साउदी र नेपालको राजनीतिक, सामाजिक तथा आर्थिक सम्बन्धका आधारमा पनि साउदीलाई नेपालले सर्मथन गर्ने बताइएको छ।
प्रकाशित मिति: १२:०९ बजे, आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











