एसियन गेम्सको समापनमा नेपालको झण्डा एरिकाले बोक्ने
एसियन गेम्सको समापन समारोहमा नेपालको झण्डा करातेमा ऐतिहासिक रजत पदक दिलाएकी एरिका गुरुङले बोक्ने भएकी छिन्।
काठमाडाैं, असाेज २१ : चीनमा जारी १९औं एसियन गेम्स आज समापन हुँदैछ।
एसियन गेम्सको समापन समारोहमा नेपालको झण्डा करातेमा ऐतिहासिक रजत पदक दिलाएकी एरिका गुरुङले बोक्ने भएकी छिन्। नेपाल ओलम्पिक कमिटी र सेभ दि मिसनले समापनमा एरिकालाई झण्डा बोक्न दिने निर्णय गरेको हो।
यसअघि उद्घाटन समारोहमा भने तेक्वान्दोका वीरबहादुर महरा र उसुकी निमा घर्तीमगरले नेपालको झण्डा बोकेका थिए।
एरिकाले शुक्रबार ६८ केजीमाथि तौल समूहमा रजत जितेकी थिइन्। फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–०ले पराजित भएपछि एरिका ऐतिहासिक स्वर्ण जित्नबाट भने बन्चित भएकी थिइन्।्
एसियन गेम्समा २५३ नेपाली खेलाडी सहभागी भएको नेपालले एक रजत र एक कांस्य मात्र जित्यो । नेपालका लागि एरिकाले रजत र महिला कबड्डी टिमले कांस्य जितेको थियो।
प्रकाशित मिति: ११:२७ बजे, आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











