विश्वकपमा मारक्रमकाे कीर्तिमानी शतक, तोडे ओब्राइनको रेकर्ड
मारक्रमले ४६औं ओभरको पाँचौं बलमा मधुसनकालाई छक्का प्रहार गर्दै विश्वकपकाे सर्वाधिक छिटो शतक बनाए।
काठमाडाैं, असाेज २० : दक्षिण अफ्रिकीका ब्यट्सम्यान एइडन मारक्रमले विश्वकपमा कीर्तिमानी शतक प्रहार गरेका छन्। दिल्लीमा जारी खेलमा श्रीलंकाविरुद्ध मारक्रमले विश्वकप सर्वाधिक छिटो शतक बनाए।
उनले ४६औं ओभरको पाँचौं बलमा मधुसनकालाई छक्का प्रहार गर्दै मारक्रमले ४९ बलमा शतक बनाए। यस क्रममा उनले १४ चौका र ३ छक्का प्रहार गरे।
यसक्रममा उनले आयरल्यान्डका केभिन ओब्राइनको कीर्तिमान तोडे। ओब्राइनले सन् २०११ मा इंग्ल्यान्डविरुद्ध ५० बलमा शतक बनाएका थिए।
मारक्रम ५४ बलमा १४चौका र ३ छक्का प्रहार गर्दै १०६ रन बनाएर आउट भए। तीन शीर्ष ब्याट्सम्यानले शतक बनाए पछि दक्षिण अफ्रिकाले ४८ ओभरको समाप्तिमा ३९ रन बनाएको छ। उसका क्वेन्टन डि कक र रसी भारडेर डुसेनले पनि शतक बनाएका थिए।
प्रकाशित मिति: १८:१५ बजे, शनिबार, असोज २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











