Kathmandu Press

एसियन गेम्समा एरिकाले जितिन् ऐतिहासिक रजत

चीनमा जारी १९औं एसियन गेम्सको महिला ६८ केजी तौल समूहकाे फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–०ले पराजित भएपछि ऐरिकाले रजत जितेकी हुन्।
एसियन गेम्समा एरिकाले जितिन् ऐतिहासिक रजत

काठमाडाैं, असाेज २० : कराते खेलाडी ऐरिका गुरुङले एसियन गेम्समा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी छिन्। चीनमा जारी १९औं एसियन गेम्सको महिला ६८ केजी तौल समूहमा ऐरिकाले रजत जितेकी हुन्।

यो समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–०ले पराजित भएपछि एरिका ऐतिहासिक स्वर्ण जित्नबाट भने बन्चित भइन्।

हङकङकी यान काई होलाई ८–४ ले हराउँदै एरिकाले रजत पक्का गरेकी थिइन्। उनले क्वार्टरफाइनलमा जापानकी खेलाडी एजुकी सबाइलाई सेन्सुको आधारमा हराएकी थिइन्।

जारी एसियन गेम्समा नेपालको यो दोस्रो पदक हो। यसअघि नेपालले महिला कबड्डीमा कास्य पदक जितेको थियो ।

एसियन गेम्समै करातेमा नेपालले पहिलो रजत पदक जितेको हो। यसअघि नेपालले एसियन गेम्समा समग्रमा दुई रजत जितेको छ। १३औं एसियन गेम्समा तेक्वान्दोकी सविता राजभण्डा र १८औं एसियन गेम्समा प्याराग्लाइडिङ टिमले रजत पदक जितेको थियो।

 

प्रकाशित मिति: १७:३६ बजे, शनिबार, असोज २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्