बालुवाटारमा नेकपा सचिवालय बैठक सुरू
काठमाडौं, फागुन १४ : नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ।
आजको सचिवालय बैठकमा संविधान संशोधन, अमेरिकी सहयोग एमसीस....

काठमाडौं, फागुन १४ : नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ।
आजको सचिवालय बैठकमा संविधान संशोधन, अमेरिकी सहयोग एमसीसी र पार्टी एकीकरणका बाँकी कामबारे छलफल गर्ने कार्यसूचि रहेको छ।
राष्ट्रिय सभाबाट पनि प्रधानमन्त्री बन्ने गरि संविधान संशोधनका लागि नेकपाले कार्यदल बनाएपछि व्यापाक विरोध भएको छ। नेकपाभित्र पनि यसको विरोध हुँदै आएको छ। यस विषयमा पनि सचिवालय बैठकले निर्णय गर्न सक्ने जनाएको छ।
त्यस्तै, अमेरिकी सहयोग एमसीसीबारे विवाद भएपछि नेकपाले कार्यदल बनाएको थियो। झलनाथ खनालको नेतृत्वको कार्यदलले अहिलेकै अवस्थामा एमसीसी पारित गर्ननहुने प्रतिवेदन दिएको छ। त्यसबारे पनि सचिवालय बैठकमा छलफल हुनेछ।
सचिवालय बैठक अघि दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएको थियो।











