Kathmandu Press

सचिवालय बैठकअघि बालुवाटारमा ओली-प्रचण्ड छलफल

काठमाडौं, फागुन १४ : नेकपा सचिवालय बैठक अघि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार बिहान प्रधानमन्त्री....

सचिवालय बैठकअघि बालुवाटारमा ओली-प्रचण्ड छलफल
फाइल फाेटाे

काठमाडौं, फागुन १४ : नेकपा सचिवालय बैठक अघि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका छन्।

अध्यक्षद्वय ओली र प्रचण्डबीच संविधान संशोधन, अमेरिकी सहयोग एमसीसीलगायतका विषयमा छलफल भइरहेको जनाएको छ। नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने तयारी छ। त्यसका लागि संविधान संशोधन गरेर राष्ट्रिय सभाबाट पनि प्रधानमन्त्री बन्ने व्यवस्था गर्न लागिएको छ। यसै विषयमा दुवै अध्यक्षबीच छलफल चलिरहेको छ।

यसमा दुवै अध्यक्षबीच सहमति भए आजै बस्ने सचिवालय बैठकमा प्रस्ताव लगिने जनाएको छ।

त्यस्तै, अमेरिकी सहयोग एमसीसीबारे पनि नेकपामा विवाद जारी छ। नेकपाले बनाएको कार्यदलले अहिलेको अवस्थामा एमसीसी अनुमोदन गर्न नहुने प्रतिवेदन दिएको छ। त्यस विषयमा पनि दुवै अध्यक्ष छलफलमा जुटेका छन्।

आज बस्ने सचिवालय बैठकमा एमसीसीबारे पनि संयुक्त प्रस्ताव लग्ने तयारी छ। एमसीसी जस्ताको त्यस्तै अनुमोदन गर्ने कि संशोधन गर्ने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन।

यससँगै पार्टी एकीकरणका बाँकी कामबारे पनि छलफल भइरहेको जनाएको छ। एमाले र माओवादी एकीकरण भएको दुई वर्ष वितिसक्दा पनि एकीकरणको प्रक्रिया पूरा हुन सकेको छैन।

 

प्रकाशित मिति: १२:०२ बजे, बुधबार, फागुन १४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्