Kathmandu Press

नेपाल र लाओसबीचको पहिलो खेल असोज २५ मा

नेपाल र लाओसबीचको पहिलो खेल असोज २५ मा

काठमाडौं, असोज १९ : फूटबल वर्ल्ड कप (२०२६ क्वालिफायर्स एसिया जोन राउण्ड १) अन्तर्गत नेपाल र लाओसबीचको खेल यही असोज २५ गते दशरथ रङ्गशालामा हुने भएको छ।
      
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले उक्त जानकारी दिएको हो। फिफा वरियतामा लाओस एक सय ८६औँ र नेपाल एक सय ७५औँ स्थानमा छन्।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसको प्रशिक्षणमा हाल २५ सदस्यीय नेपाली टोली बन्द प्रशिक्षणमा रहेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो।
       
छनोट खेलका लागि एन्फाले सम्पूर्ण तयारी गरिसकेको पनि उनले बताए। खेलको ‘कमर्सियल मिडिया राइट’ सिङ्गापुरस्थित स्पोर्टस फाइभलाई प्रदान गरिएको छ। 

खेलका लागि टिकटदर साधारण पाराफिटतर्फ रु तीन सय र भिआइपी पाराफिटतर्फ रु पाँच सय कायम गरिएको छ। खेलको टिकट एन्फा आफैँले बिक्री गर्ने छ। सो प्रतियोगिताका लागि रु ७३ लाख ६८ हजार चार सय खर्च हुने अनुमान गरिएको छ।

प्रकाशित मिति: १७:०९ बजे, शुक्रबार, असोज १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्