Kathmandu Press

नापोली र बार्सिलोना बराबरी

काठमाडौं, फागुन १४ : च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनाले बराबरी खेलेको छ । मंगलबार राति भएको खेलमा बार्स....

नापोली र बार्सिलोना बराबरी

काठमाडौं, फागुन १४ : च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनाले बराबरी खेलेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले नापोलीसँग १–१ गोलको बराबरी खेलेको ।

नापोलीको घरेलु मैदानमा भएको खेलमा दुबै टिमले पहिलो लेगमा अग्रता बनाउने अवसर गुमाएका हुन् । खेलमा नापोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको ३० औँ मिनेटमा ड्रिस मार्टिनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको नापोलीले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायम राख्न सकेन । ५७ औँ मिनेटमा बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यानले  बराबरी गोल फर्काए । बराबरीसँग दुबै टोलीको नतिजाको टुङ्गो अर्को खेलले तय गर्नेछ । अर्को लेगको खेल बार्सिलोनाको घरेलु मैदानमा हुनेछ । 

प्रकाशित मिति: ०८:५१ बजे, बुधबार, फागुन १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्