क्रिकेटमा पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने
अफगानिस्तानले टस जितेर पहिले फिल्डिङ रोजेपछि पाकिस्तानले १८ ओभरमा अलआउट हुँदै जितका लागि ११६ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
काठमाडौं, असाेज १९ : चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत टी–२० क्रिकेटको उपाधिको लागि अफगानिस्तान र भारत भिड्ने भएका छन्।
पाकिस्तानलाई हराउँदै अफगानिस्तानले फाइनलमा भारतसंगको भेट पक्का गरेको छ। अफगानिस्तानले टस जितेर पहिले फिल्डिङ रोजेपछि पाकिस्तानले १८ ओभरमा अलआउट हुँदै जितका लागि ११६ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
उक्त लक्ष्य अफगानिस्तानले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
प्रकाशित मिति: १५:२० बजे, शुक्रबार, असोज १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











