दिल्लीमा भयानक झडप : १३ जनाको मृत्यु, ४ स्थानमा कर्फ्यु
काठमाडौं, फागुन १४ : भारतको राजधानी दिल्लीमा नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच भयानक झडप हुँदा कम्तिमा १३ जनाक....

काठमाडौं, फागुन १४ : भारतको राजधानी दिल्लीमा नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच भयानक झडप हुँदा कम्तिमा १३ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउने मध्ये एक जना भारतीय प्रहरी रहेका छन् भने कैयौँ प्रहरीसहित डेढ सय मानिस घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । लाठी र ढुङ्गा बोकेका भिडले कुटपिट गर्दै हिँड्ने हिन्दूवादी समूहसँग सम्बन्धित नारा लगाएका थिए ।
हिंसाले साम्प्रदायिक स्वरूप ग्रहण गरिरहेको छ। हिन्दू र मुस्लिम भिडबीच झडप भएका छन्। पसल तथा घरहरू जलाइएको बीबीसीले जनाएको छ । पत्रकारहरूमाथि पनि हमला भएका छन्। उनीहरूलाई दङ्गाको दृश्य भिडियो नखिच्न चेतावनी दिइएको छ ।
भारतका गृहमन्त्री अमित शाहले शान्तिको अपिल गरेका छन्। हिंसाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भारत भ्रमण समेत छायाँमा पारेको छ।












