Kathmandu Press

इंग्ल्यान्डमाथि न्युजिल्यान्डको सानदार जित

नदरेन्द्र मोदी स्टेडियममा भएको उद्घाटन खेलमा न्युजिल्यान्डले डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डमाथि ९ विकेटको सानदार जित निकाल्यो।
इंग्ल्यान्डमाथि न्युजिल्यान्डको सानदार जित

काठमाडाैं, असाेज १९ : भारतीय बिहीबारबाट सुरु भएको एकदिवसीय विश्वकपमा न्युजिल्यान्डले विजयी सुरुआत गरेको छ। नदरेन्द्र मोदी स्टेडियममा भएको उद्घाटन खेलमा न्युजिल्यान्डले डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डमाथि ९ विकेटको सानदार जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै इंग्ल्यान्डले दिएको २८३ रनको लक्ष्य न्युजिल्यान्डले ३६.२ ओभरमा १ विकेट गुमाउँदृै भेट्टायो। न्युजिल्यान्डलाई सहज जित दिलाउन रचिन रविन्द्र र डेभोन कन्वेले सानदार ब्याटिङ गरे।

दुवैले शतकीय इनिङ खेले। कन्वेले १२१ बमाल १९ चौका र ३ छक्का प्रहार गर्दै १५१ रन बनाए भने रविन्द्रले ९६ बलमा ११ चौका र ५ छक्का प्रहार गर्दै १२३ रन बनाए। ओपनर विल योङ गोल्डन डकआउट  भए पछि यी दुईले दोस्रो विकेटका लागि २११ बलमा २७३ रनको साझेदारी गरे।

इंग्ल्यान्डका लागि एकमात्र विकेट साम करणले लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २८२ रन बनायो। उसका लागि जो रुटले सर्वाधिक ७७ रन बनाए। उनले ८६ बलमा ४ चौका र १ छक्का प्रहार गरे। यस्तै, कप्तान जोश बट्लरले ४२ बलमा ४३ रन बनाउँदा जोनी बेइस्टो ३३ रनको योगदान दिए।

न्युजिल्यान्डका म्याट हेनरीले ३ तथा मिचेल सान्टनर र ग्लने फिलिप्सले समान २ विकेट लिए।

प्रतियोगिता अन्तर्गत आज पाकिस्तान र नेदरल्यान्ड्स भीड्न् छन्। यो खेल हैदरावादमा सवा २ बजे सुरु हुनेछ।

प्रकाशित मिति: ०७:३१ बजे, शुक्रबार, असोज १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्