घरेलु मैदानमा चेल्सीको लज्जास्पद हार
काठमाडौं, फागुन १४ : युरोपेली च्याम्पियन्स लिग अन्तर्गत नक आउट चरणको पहिलो लेगमा इङ्ग्लिस क्लब चेल्सी पराजित भएको छ ।
स्ट्याम्फर्ड ब्रिजमा भ....

काठमाडौं, फागुन १४ : युरोपेली च्याम्पियन्स लिग अन्तर्गत नक आउट चरणको पहिलो लेगमा इङ्ग्लिस क्लब चेल्सी पराजित भएको छ ।
स्ट्याम्फर्ड ब्रिजमा भएको खेलमा चेल्सी जर्मन क्लब बायर्न म्युनिकसँग ३-० गोल अन्तरले पराजित भयो । यो पराजयसँगै चेल्सीको क्वार्टर फाइनल पुग्ने सम्भावना अत्यन्त न्यून बनेको छ । बायर्नको जितमा सेर्जी ग्नाब्रीले दुई गोल गरे ।
पहिलो हाफ गोलरहित बनेको खेलको ५१औँ र ५४औँ मिनेटमा ग्नाब्रीले गोल गर्दै बायर्नलाई दुई गोलको अग्रता दिलाएका थिए । यो दुवै गोलमा रोबर्ट लेवान्दोस्कीले एसिस्ट गरेका थिए । खेलको ७६औँ मिनेटमा लेवान्दोस्कीले पनि गोल गरे ।
प्रकाशित मिति: ०७:२५ बजे, बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











