Kathmandu Press

एसियन गेम्समा नेपालले जित्यो पहिलो पदक

महिला कबड्डीको शुक्रबार भएको सेमिफाइनलमा भारतसँग पराजित भएपछि नेपालले कास्य पदक जितेको हो। नेपाल भारतसँग ६१–१७ले पराजित भयो।
एसियन गेम्समा नेपालले जित्यो पहिलो पदक

काठमाडौं, असाेज १९ : चीनमा जारी १९औं एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। एसियन गेम्सको पहिलो सहभागीतामै महिला कबड्डीले नेपाललाई पदक दिलाएको हो।

महिला कबड्डीको शुक्रबार भएको सेमिफाइनलमा भारतसँग पराजित भएपछि नेपालले कास्य पदक जितेको हो। नेपाल भारतसँग ६१–१७ले पराजित भयो।

सेमिफाइनलमा पराजित दुवै टिमले कास्य पदक पाउने प्रावधान अनुसार नेपालले कास्य जितेको हो।

यसअघि नेपालले समूहको पहिलो खेलमा बंगलादेशलाई हराएको थियो भने इरानसँग पराजित भएको थियो। उपविजेताका रुपमा नेपाल सेमिफाइनल पुग्दै पदक पक्का गरेको थियो।

नेपाली टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान) , मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गङ्गा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त रहेका थिए ।

प्रकाशित मिति: ०९:१८ बजे, शुक्रबार, असोज १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्