Kathmandu Press

दलाई लामा ८० वर्ष पुगे, को होला उनको उत्तराधिकारी?

दलाई लामा तिब्बतका आध्यात्मिक नेता बनेको ८० वर्ष पुगेको छ। अधिकांश समय उनले निर्वासनमा बिताएका छन्। चीनले उनलाई निरन्तर तारो बनाउँदै आएको छ।
ल्हासाको भव्य हजार ....

दलाई लामा ८० वर्ष पुगे, को होला उनको उत्तराधिकारी?

दलाई लामा तिब्बतका आध्यात्मिक नेता बनेको ८० वर्ष पुगेको छ। अधिकांश समय उनले निर्वासनमा बिताएका छन्। चीनले उनलाई निरन्तर तारो बनाउँदै आएको छ।
ल्हासाको भव्य हजार कोठाको पोटाला दरबारबाट सयौं माइल टाढा गेरू वस्त्रधारी भिक्षु हाल निर्वासित तिब्बतीहरूलाई भारतीय हिमालयको फेदमा रहेको धर्मशालाबाट सहयोग गर्छन्।

दलाई लामा विश्वभर तिब्बती स्वायत्तता आन्दोलनको मुहार बनेका छन्। सन् १९८९ मा नोबेल शान्ति पुरस्कार जितेपछि उनले पाएको चर्चा घट्दै गएको छ। विश्वभरका नेता र हलिवुड स्टारसँग सम्बन्ध बढाउने अवसर पनि सुस्ताएको छ। उनी आजभोली उत्तत साह्रो यात्रा गर्दैनन्। उमेर पनि निकै उकालो चढेको छ। तर चीनको बढ्दो आर्थिक र राजनीतिक शक्तिले पनि उनी सुस्ताएका हुन्। दलाई लामाले चीन टुक्र्याउन खोजेको बेइजिङको आरोप छ। भिक्षुको भेषमा ब्वाँसो भएको बारम्बार भन्दै आएको छ।

कोरोना भाइरसको डरले ८०औं वार्षिकोत्सवको कुनै समारोह नहुने र मार्चमा हुने तय गरिएको एउटा प्रवचन कार्यक्रम पनि रद्द गरिएको उनको कार्यालयले जनाएको छ। कार्यक्रममा विश्वभरिका दर्शनाभिलाषी आउने गर्छन्।

Hardik ivf

दलाई लामा जुलाई ६, १९३५ मा तिब्बतको टक्सारमा किसानको परिवारमा जन्मिएका हुन्। पुर्खाको सामग्री उठाएपछि दुई वर्षकै उमेरमा उनलाई तिब्बती बौद्ध धर्मको सर्वोच्च धार्मिक नेताको पुनर्जन्म भएको घोषणा गरियो। दुई वर्षपछि उनी ल्हासा आए जहाँ औपचारिक रूपमै दलाई लामाको १४औं अवतारको रूपमा उनको अभिषेक गरियो।
 
सन् १९५० मा १५ वर्षको उमेरमा चिनियाँ सेनाले तिब्बत आक्रमण गर्दा उनलाई हतारमै राज्यको प्रमुख बनाइयो। त्यसपछिका नौ वर्ष तिब्बती नागरिकलाई सुरक्षित राख्ने प्रयास गरे। तर सन् १९५९ मा चीनले जनआन्दोलनमा हस्तक्षेप गरेपछि उनको प्रयास खेर गयो।

ज्यान जोगाउन ३७ जनालाई साथ लिएर युवा भिक्षुले हिँडेरै हिमालय पार गरे। त्यसपछि उनको निर्वासन जीवन सुरू भयो। त्यहाँबाट उनले निर्वासित सरकार खडा गरे र तिब्बतलाई स्वतन्त्रता दिलाउने अभियान सुरू गरे। बिस्तारै अभियान स्वायत्तताको आन्दोलन बन्यो।

काे हाेला उत्तराधिकारी?

वर्तमान दलाई लामाको उत्तराधिकारी कसरी नामाङ्करण हुने वा उत्तराधिकारी नै हुन्छ वा हुँदैन, स्पष्ट छैन। केहि धार्मिक नेताहरूले यसबारे निकै विचार मन्थन गरेका छन्। शताब्दीयौं पुरानो यो अभ्यास अनुसार वरिष्ठ भिक्षुले सयौं किशोरको अन्तर्वार्ता लिनुपर्छ। उनीहरूले दलाई लामाको सामग्री चिन्छन् कि भनेर हेर्नुपर्छ। कसैले ती सामान उठाए उनलाई नै दलाई लामाको अवतार मान्ने गरिन्छ।

सन् २०११ मा १४औं दलाई लामाले आफू नै अन्तिम हुने घोषणा गरेका थिए। चीनले आफैं उत्तराधिकारी घोषणा नगरोस् भनेर उनले यसो गरेका थिए। बेइजिङसँग औपचारिक वार्ता सन् २०१० मा भङ्ग भयो।

अर्को वर्ष दलाई लामाले राजनीतिबाट अवकाश लिने घोषणा गरे। विश्वभर निर्वासित तिब्बतीले छानेको नयाँ नेताका लागि शताब्दीयौं पुरानो परम्पराको अन्त्य भयो।
भारतको निर्वासित जीवनमा उनलाई सम्मानित अतिथीको रूपमा व्यवहार गरिएको छ। यो औपचारिक नीतिगत अडानले बेइजिङसँग तनाव पनि बढाएको छ।

प्रकाशित मिति: ०७:०२ बजे, बुधबार, फागुन १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्