दीपेन्द्रलाई पुलिसको पुरस्कार, हवल्दारमा ऐरीको बढुवा
चीनमा जारी एसियन गेम्सको पहिलो खेलमा मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक बनाउँदै विश्वकीर्तिमान कायम गरेका दीपेन्द्रलाई सोही प्रदर्शन पछि नेपाल पुलिसले सहायक हवल्दारमा बढुवा गर्ने निर्णय गरेको हो।
काठमाडौं, असोज १८ : नेपाली क्रिकेट टिमका स्टार अलराउन्ड दीपेन्द्रसिंह ऐरीलाई नेपाल पुलिसले सम्मान गरेको छ।
चीनमा जारी एसियन गेम्सको पहिलो खेलमा मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक बनाउँदै विश्वकीर्तिमान कायम गरेका दीपेन्द्रलाई सोही प्रदर्शन पछि नेपाल पुलिसले सहायक हवल्दारमा बढुवा गर्ने निर्णय गरेको हो।
मंगोलियाविरुद्ध दीपेन्द्रले भारतीय अलराउन्डर युवराज सिंहको कीर्तिमान तोडेका थिए।
नेपाल पुलिस क्लबबाट व्यवसायिक क्रिकेट खेल्ने दीपेन्द्र जवानका रुपमा कार्यरत थिए।
विश्व कीर्तिमान कामय गरेबापत नेपाल प्रहरीले दीपेन्द्रलाई पदोन्नति गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए।
प्रकाशित मिति: १९:१९ बजे, बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार