Kathmandu Press

केभिन ओ’ब्राइन काठमाडौं किंग्समा

काठमाडौं, फागुन १३ : आयरल्यान्डका अलराउन्डर केभिन ओ’ब्राइनले काठमाडौं किंग्स इलाभेनबाट एभरेस्ट प्रिमियर लिग खेल्ने भएका छन्। काठमाडौं किंग्सले म....

केभिन ओ’ब्राइन काठमाडौं किंग्समा

काठमाडौं, फागुन १३ : आयरल्यान्डका अलराउन्डर केभिन ओ’ब्राइनले काठमाडौं किंग्स इलाभेनबाट एभरेस्ट प्रिमियर लिग खेल्ने भएका छन्। काठमाडौं किंग्सले मंगलबार एक विज्ञप्ति जारी गदै ओ’ब्राइन इपिएलका लागि क्लबमा आबद्ध भएको जनाएको छ। इपिएलका चौथो संस्करण चैत १देखि १५ गतेसम्म टियू मैदानमा हुने छ।

विस्फोटक ब्याट्सम्यान ओ’ब्राइन लगातार दोस्रो सिजन इपिएल खेल्न लागेका हुन्। अघिल्लो सिजन पनि काठमाडौंबाटै इपिएल खेलेका थिए। कप्तान सोमपाल कामी घाइते भएपछि अघिल्लो सिजन ओ’ब्राइनले काठमाडौंको कप्तानी समेत गरेका थिए। 

अघिल्लो सिजन उनले ७ खेलमा ९ विकेट लिनुका साथै १८४ रन पनि बनाएका थिए। नयाँ सिजनका लागि काठमाडौंले अनुबन्धन गरेका ओ’ब्राइन पहिलो विदेशी खेलाडी हुन्। 

आयरल्यान्डबाट ३ एकदिवसीय र ५ टि–२० विश्वकप खेलेका ओ’ब्राइनले ३ टेस्ट, १४५ एकदिवसीय र ८३ टि–२० खेलेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटका तीनवटै फम्र्याटमा शतक प्रहार गर्ने उनी आरल्यान्डका एकमात्र खेलाडी हुन् ।

ओ’ब्राइनले टेस्टमा १ शतक र १ अर्धशतकसहित २५८ रन बनाएका छन् भने एकदिवसीयमा २ शतक र १८ अर्धशतक प्रहार गर्दै तीन हजार पाँच सय ४६ रन र ११३ विकेट पनि लिएका छन् । यस्तै, उनले टि–२० क्रिकेटमा एक हजार पाँच सय ९२ रन बनाउनुका साथै ५८ विकेट लिएका छन्।

ओ’ब्राइनले एकदिवसीय विश्वकपमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान पनि बनाएका छन्। उनले सन् २०११ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध ५० बलमा शतक प्रहार गरेका थिए। यस्तै ओ‘ब्रिन आयरल्यान्डका लागि ओडिआईमा १०० विकेट लिने एक मात्र बलर हुन् भने आयरल्यानडका तर्फबाट सबैभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने कीर्तिमान पनि ओब्रिनकै नाममा छ।

यसै वर्ष टेस्टमा डेब्यू गरेको आयरल्यान्डका लागि ओ‘ब्रायनले डेब्यू टेस्टमै पाकिस्तानविरुद्ध शतक प्रहार गरेका थिए। ओ‘ब्रिनले समरसेटबाट इंग्ल्यान्डको काउन्टी क्रिकेट पनि खेलेका छन्। उनले क्यारेबियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग र अफगानिस्तान प्रिमियर लिग पनि खेलिसकेका छन्।

प्रकाशित मिति: १८:११ बजे, मंगलबार, फागुन १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्