एसियन गेम्स खेलेर फर्कियाे नेपाली क्रिकेट टिम

काठमाडौं, असाेज १८ : नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। १९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागि नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको हो।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको थियो। विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएपनि खेल राम्रो भएको बताए। उनले भने, ‘सोचेको जस्तो रिजल्ट आएन।

चुनौतीपुर्ण त छँदै थियो तर अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपर्यो। निरासासंगै संगै खेल सकारात्मक नै थियो। ’ आउने दिनमा बलिया देशहरुसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने बताए। त्यस्तै क्रिकेटर दीपेन्द्र सिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुशी भएको बताए।



प्रकाशित मिति: १३:२५ बजे, बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











