Kathmandu Press
गृहमन्त्रीको उपस्थितिमा निकाल्ने भनिएको सद्भाव र्‍याली स्थगित
गृहमन्त्रीको उपस्थितिमा निकाल्ने भनिएको सद्भाव र्‍याली स्थगित

काठमाडौं, असोज १८ : गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यव्यस्तता दर्शाउँदै नगएपछि सर्लाही सदरमुकाम मलंगवामा निकाल्ने भनिएको सद्भाव र्‍याली स्थगित भएको छ।

गृहमन्त्री श्रेष्ठको उपस्थितिमा बिहीबार सद्भाव र्‍याली निकालने कार्यक्रम थियो। बुधबार सर्वपक्षीय बैठकको निर्णय अनुसार मलंगवामा बृहत् सद्भाव र्‍यालीको आयोजना तय भएको हो।

तर गृहमन्त्रीले कार्यव्यस्तता दर्शाउँदै नजाने भएपछि अर्को सूचना जारी नहुन्जेलसम्मको लागि सद्भाव र्‍याली स्थगित गरिएको जनाइएको छ।

अघिल्लो साता मलंगवामा सामाजिक सद्भाव विथोलिने अबाञ्छित गतिविधि बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो।

कर्फ्यु आदेश हटेपछि सद्भाव र्‍यालीको कार्यक्रम निर्धारण गरिएको हो। स्थानीय प्रशासनले सर्वदलिय बैठकको निर्णय अनुसार विहीबार गृहमन्त्रीको समेत उपस्थितिमा तय गरेको कार्यक्रम अचानक स्थगन गरिएको छ। 

प्रकाशित मिति: १३:१६ बजे, बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्