Kathmandu Press

हाजिर गरेर सांसद बेपत्ता, कोरम नपुग्दा संसद् स्थगित

काठमाडौं, फागुन १३ : गणपुरक संख्या नपुग्दा प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सांसदहरु हाजिर गरेर बीचमै हिँडेपछि गणपुरक संख्यान नपुगेको हो।

....

हाजिर गरेर सांसद बेपत्ता, कोरम नपुग्दा संसद् स्थगित
फाइल फाेटाे

काठमाडौं, फागुन १३ : गणपुरक संख्या नपुग्दा प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सांसदहरु हाजिर गरेर बीचमै हिँडेपछि गणपुरक संख्यान नपुगेको हो।

मंगलबार बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस भन्ने प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गरे। लगत्तै कांग्रेस सांसद अतहर कमल मुसलमानले उठेर नियमापत्ति जनाए। सभामुखले उनलाई बोल्न समय दिए।

सांस्द मुसलमानले कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा एक चौथाई संख्या उपस्थित हुुनुपर्ने नियम सम्झाए। ‘कुनै प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा एक चौथाई सांसद हुनुपर्ने व्यवस्था छ। तर, अहिले संसदको संख्या एक चौथाई नभएकाले प्रस्ताव निर्णयार्थ पेश गर्ने अवस्था देखिनँ, सभामुख महोदय,’ उनले भने।

संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधिसभामा एक चौथाई उपस्थिति हुनुपर्ने व्यवस्था छ। सांसद मुसलमानले नियापत्ति जनाएपछि सभामुखले तीन मिनेट घन्टी बजाएर उपस्थित संख्या एकिन गर्न निर्देशन दिए।

तर, संख्या एकिन गर्दा एक चौथाई पुग्न ६९ सांसद उपस्थित हुनुपर्नेमा ५८ जना मात्रै उपस्थित रहेको भेटियो। त्यसपछि सभामुख अग्नि सापकोटाले १५ मिनेट बैठक स्थगित भएको घोषणा गरे।

तर, त्यसपछि पनि गणपुरक संख्या नपुग्ने भएपछि बुधबार दिउसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको सूचना टाँसेर जानकारी गराइएको थियो।

प्रकाशित मिति: १७:३२ बजे, मंगलबार, फागुन १३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्