Kathmandu Press

भारतमा भएको झडपमा सात जनाको मृत्यु

नयाँ दिल्ली फागुन १३ : भारतको केन्द्रीय राजधानीमा भएको झडपमा सात जनाको मृत्यु भएको छ।

नागरिकता सम्बन्धी नयाँ ऐनको पक्ष र विपक्षमा प्रदर्शनमा....

भारतमा भएको झडपमा सात जनाको मृत्यु

नयाँ दिल्ली फागुन १३ : भारतको केन्द्रीय राजधानीमा भएको झडपमा सात जनाको मृत्यु भएको छ।

नागरिकता सम्बन्धी नयाँ ऐनको पक्ष र विपक्षमा प्रदर्शनमा उत्रिएकाहरुका बीचमा भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। 

Hardik ivf

प्रहरीका अनुसार सोमबार राजधानीका धेरै ठाउँमा प्रदर्शन र झडपका घटना भएका छन्। दिल्ली प्रहरीले घटनामा परी सात जनाको मृत्यु भएको र त्यसमध्ये एक जना प्रहरी र अन्य ६ जना सर्वसाधारण नागरिक रहेको बताएको छ। 

केन्द्रीय गृहमन्त्री अमित शाहले झडपको घटना भएपछि सोमबार राति सुरक्षा उच्च अधिकारीहरुसँग छलफल गरेका छन्। 

अमेरिकी राष्ट्रपति ट्रम्पको भ्रमणको केही घण्टाअघि विवादास्पद नयाँ नागरिकता कानुनको विषयलाई लिएर विरोध प्रदर्शन भएको हो। 

उत्तरपूर्वी दिल्लीस्थित मुसलमान बाहुल्य क्षेत्रहरूमा आइतबारदेखि प्रदर्शन र हिंसा सुरु भएको समाचारमा जनाइएको छ । प्रदर्शन मंगलबार पनि जारी छ। 

ढुङ्गामुढा गरिरहेको भिडलाई पन्छाउन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज पनि गरेको थियो।

प्रकाशित मिति: १६:२४ बजे, मंगलबार, फागुन १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्