नेपाल ट्रस्टको सम्पत्ति क-कसले प्रयोग गरे ? (पूर्ण विवरण)
काठमाडौं, फागुन १३ : नेपाल ट्रस्टको सम्पत्तिको पूर्ण विवरण उल्लेख गर्दै श्वेतपत्र जारी गरिएको छ।
ट्रस्टका तर्फबाट रक्षामन्त्री ईश्वर पोखरेलल....

काठमाडौं, फागुन १३ : नेपाल ट्रस्टको सम्पत्तिको पूर्ण विवरण उल्लेख गर्दै श्वेतपत्र जारी गरिएको छ।
ट्रस्टका तर्फबाट रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार पत्रकार सम्मेलन गरि श्वेतपत्र सार्वजनिक गरेका हुन्। नेपालका ट्रस्टका अध्यक्ष समेत रहेका पोखरेलले कसैलाई पनि गलत हिसाबले लिजमा नदिइएको दाबी गरे।
ट्रस्टको अधिकांश सम्पत्ति यती होल्डिङलाई दिएको खुलेपछि श्वेतपत्र जारी गरिएको हो। पत्रकार सम्मेलनमा पोखरेलले देशभर ट्रस्टको नाममा २२ हजार रोपनी जग्गा रहेको बताए। त्यसमध्ये १५ हजार रोपनी त जंगल रहेको जनाएको छ।
काठमाडौंमा भएको जग्गा केही कम्पनीलाई लिजमा दिएको जानकारी गराए। जसमा दरबारमार्ग, कमलादी, लाजिम्पाट, ताहाचल, कालिमाटी, छाउनीलगायतका ठाउँको जग्गा व्यापारिक प्रयोजनका लागि लिजमा दिएको उल्लेख छ।
विस्तृति विवरण :











