Kathmandu Press

महिला भलिबल : नेपाल भारतसँग पराजित

खेलको पहिलो सेट २५–२३ ले गुमाएको नेपालले दोस्रो खेल २६–२८ ले आफ्नो पक्षमा पार्न सफल भयो। त्यसपछिका दुई सेट नेपालले गुमायो।
महिला भलिबल : नेपाल भारतसँग पराजित

काठमाडौं, असोज १७ : चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल भारतसँग पराजित भएको छ। भारतसँग नेपाली राष्ट्रिय महिला टोली ३–१ सेटले पराजित भएको हो। 

खेलको पहिलो सेट २५–२३ ले गुमाएको नेपालले दोस्रो खेल २६–२८ ले आफ्नो पक्षमा पार्न सफल भयो। त्यसपछिका दुई सेट नेपालले गुमायो।

खेलको तेस्रो सेटमा नेपालले पुनः २५–२३ बनायो भने चौथो सेटमा भारतले २५–१७ ले सहजै आफ्नो पक्षमा पार्‍यो। यसअघि समूह चरणको खेलमा नेपाल भियतनाम र दक्षिण कोरियासँग पराजित भएको थियो। 

प्रकाशित मिति: १२:२३ बजे, बुधबार, असोज १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्