Kathmandu Press

एसियन गेम्समा नेपालको पदक पक्का

नेपाल रहेको समूहको अन्तिम खेलमा इरानले बंगालादेशलाई हराएपछि नेपाल उपविजेता बन्दै सेमिफाइनल पुगेको छ।
एसियन गेम्समा नेपालको पदक पक्का

काठमाडौं, असोज १७ : चीनमा जारी १९औं एसियन गेम्समा नेपालले पदक पक्का गरेको छ। नेपाली टिम महिला कबड्डीमा सेमिफाइनल पुगेसँगै नेपाल चीनबाट खाली हात फर्कन नपर्ने भएको हो।

नेपाल रहेको समूहको अन्तिम खेलमा इरानले बंगालादेशलाई हराएपछि नेपाल उपविजेता बन्दै सेमिफाइनल पुगेको छ। बंगलादेश इरानसँग ५४–२६ले पराजित भयो। यसअघि नेपाली महिला टिमले बंगलादेशलाई हराएको थियो भने इरानसँग पराजित भएको थियो।

अब नेपाल सेमिफाइनलमा पराजित भएपनि कम्तिमा कास्य पदक पक्का भएको हो । नेपाली महिला टिमले एसियन गेम्सको पहिलो सहभागीतामै पदक जितेको हो। नेपालले सेमिफाइनलमा समूह एको विजेतासँग खेल्ने छ।

‘पहिलो सहभागितामै आफ्नो देशलाई पदक दिलाउन सफल भएका छौँ,’ नेपाली महिला कबड्डी टोलीका प्रशिक्षक विष्णुदत्त भट्टले भने, ‘महिला कबड्डी टोलीले विश्वमा नेपालको इज्जत बढाएको छ, जारी एसियाली खेलकुदमा मुलुकलाई पदकविहीन हुनबाट जोगाउन सफल भयौं।’

प्रकाशित मिति: ११:३९ बजे, बुधबार, असोज १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्